Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

काठमाडौंका ७ क्यासिनोलाई मनोरञ्जन कर तिर्न ७ दिने अल्टिमेटम


नया सडक

२०७९, भदौ १९ आइतबार (From Archieve)

  • 954
    Shares

  • काठमाडौंका ७ क्यासिनोलाई मनोरञ्जन कर तिर्न ७ दिने अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरपालिकले काठमाडौंका ७ क्यासिनोलाई मनोरञ्जन कर तिर्न ७ दिने अल्टिमेटम दिएको छ । महानगरले काठटमाडौंमा सञ्चालित सात वटा क्यासिनोले ५ वर्षदेखि कर नतिरेको बताउदैं ७ दिने अल्टिमेटम दिएको हो । आइतबार मात्रै महानगरले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न पत्र पठाएको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले सात वटा क्यासिनोले ५ वर्षदेखि कर नतिरेकोले पत्र पठाएको बताए ।महानगरका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनो, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले कर तिर्न बाँकी छ ।उक्त क्यासीनाले महानगरलाई लाखौं रुपैयाँ बराबर कर तिर्न बाँकी रहेको पनि अधिकारीले बताए । उनका अनुसार अहिले प्रत्येक वडामा गरेर जम्मा दिनको २ करोड रुपैयाँ रुपैयाँ आम्दानी हुन्छ ।क्यासिनोमा एक जनाको ५० रुपैयाँ मनोरञ्जन कर तिर्नु पर्ने व्यवस्था छ । महानगरले ७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस