Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने


नया सडक

२०७९, फागुन २६ शुक्रबार (From Archieve)

  • 621
    Shares

  • उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने

    काठमाडौँ ।  निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । 

     निर्वाचन अधिकृतलाई दिइएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय ९दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम०बाट मात्र उम्मेदवार हुनुपर्नेछ ।रासस

    प्रतिक्रिया दिनुहोस