Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

एनआरएनए आइसिसि सचिवमा कतारका होमनाथ शर्माले गरे उम्मेद्बारी घोषणा


नया सडक

२०८०, भदौ ११ सोमबार (From Archieve)

  • 3.5k
    Shares

  • एनआरएनए आइसिसि सचिवमा कतारका होमनाथ शर्माले गरे उम्मेद्बारी घोषणा

    कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष होमनाथ शर्माले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

    images

    एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका शर्मा गैर आवासीय नेपाली संघ कतारको विभिन्न तह तप्का बसेर काम गरेको अनुभव छ भने उनी बाग्लुङ सेवा समाज कतारको संस्थापक उपाध्यक्ष देखि अहिले संरक्षक , अन्तर्राष्ट्रिय वाग्लुङ सेवा समाजको संस्थापक अध्यक्ष देखि  विभिन्न संघ संस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन् त्यस्तै एनआरएनएको बिभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।

    बाग्लुङ जिल्लामा जन्मेका शर्मा विगत दुई दशक भन्दा बढी कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन्। उनी कतारमा रहेका नेपालीहरु माझ लोकप्रिय छन्। शर्मा माओवादी पृष्ठभूमिबाट उदाएका नेता हुन बाग्लुङ जिल्लाको विकट ठाउँमा शिक्षणपेसा गर्दै गर्दा जनयुद्धको पाला सुरक्षाको कारण जागिर छोड्दै उनी जनयुद्धताका नै कतार पुगेका थिए कतार रहँदा माओवादीको भातृ संगठन जनप्रतिशील मंचको संस्थापक तथा २ पटक अध्यक्ष एबं प्रमुख सल्लाहाकार पार्टी जिल्ला कमिटी ईन्चार्ज , पश्चिम एसिया समन्वय कमिटीका सल्लाहकार हुँदै माओवादी पार्टीको केन्द्रीय सदस्य पनि रहेर जिम्मेवारी पूर्वक आफ्नो कार्यकौशल पूरा गरेका थिए।

    एनआरएनए कतारको स्थापना देखिनै कार्यसमिति सदस्य भएका उनी त्यसपछि एनआरएनए कतारको २ पटक सम्म सल्लाहकार र आइसिसि सदस्य हुँदै वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद कार्यसमितिको सह कोषाध्यक्षको रुपमा आफ्नो जिम्मेवारी लिँदै आएका छन्।

    संस्थागत विकासका ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उहाँले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिन लागेको नयादैनिकीलाई जानकारी गराएका छन् त्यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि शर्माले बताएका छन् । 

     एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन, श्रमको सम्मानको लागि , सामाजिक सुरक्षा कोष लाई दीर्घकालीनरुपमा स्थापित गर्न आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उर्जाशील स्वभावका शर्मा सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन ।

    कतारमा तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन । 

    गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु उनको योजना छ। 

     यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता , युवा , महिलाको सहभागिता , श्रमिकमैत्री , वंसजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने , पर्यटन प्रर्वद्धन , विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता , सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप , ज्ञान ,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन् । यद्यपि उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिएका छन्।

    हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ ,बद्री केसी , रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन , उपाध्यक्षमा राज रेग्मी, गणेश केसी, अभिमन्यु सिंह बस्न्यात युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिद छन् भने महासचिवमा गंगाधर गौतम , बुद्धि सागर सुवेदी , पारसमणि पोखरेल उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै सचिवमा टंक गैरे, यज्ञराज सुवेदीले आफ्नो उम्मेदवारी दिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस