काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई तिहारसम्म ४१ कम्पनीहरूले लाभांश दिन घोषणा गरेका छन् ।
गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट तिहार सम्म दोस्रो बजारमा कारोबार हुने ४१ कम्पनीले लाभांश घोषणा गर्ने कम्पनीहरूमा ७ वटा वाणिज्य बैंक रहेका छन् ।
यसैगरी ५ माइक्रो फाइनान्स कम्पनी, तीन विकास बैंक, एक होटल , २ हाइड्रोपावर कम्पनी, २ इन्भेष्टमेन्ट कम्पनी ,२ उत्पादनमुलक कम्पनी र १९ वटा म्युचुअल फण्ड रहेका छन् । वाणिज्य बैंकहरूमा तिहारसम्म सानिमा बैंक, एनआईसीएसिया बैंक, एभरेस्ट बैंक, माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।
लघुवित्त कम्पनीहरूमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड,एनआईसीएसिया लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड,आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड छन् ।
यस्तै विकास बैंकहरूमा सांग्रिला डिभलपमेन्ट बैंक लिमिटेड, साइन रेसुंगा डिभलपमेन्ट बैंक लिमिटेड र मितेरी डिभलपमेन्ट बैंक छन् ।
होटलमा ओरियन्टल होटेल्स लिमिटेड छ भने हाइड्रोपावर कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर लिमिटेड र मान्डु हाइड्रोपावर लिमिटेड रहेका छन् ।
लगानी कम्पनीहरूमा इमर्जिङ नेपाल लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेका छन् भने उत्पादमूलक कम्पनीहरूमा युनिलिभर लिमिटेड र बोटलर्स नेपाल(तराई) लिमिटेड रहेका छन् ।
म्युचलफन्डहरूमा कुमारी धनवृद्धि योजना, ग्लोबल आईएमई ब्यालन्स फन्ड वान, एनआईसीएसिया ब्यालन्स फन्ड, एनआईसीएसिया ग्रोथ फन्ड,एनआईबीएल सहभागिा फन्ड, लक्ष्मी इक्वीटी फन्ड, लक्ष्म उन्नति कोष, एनआईसीएसिया डाइनामिक डेब्ट फन्ड, सनराइज म्युचअल फन्ड, कुमारी इक्वीटी फन्ड, एनएबीआइएल ब्यालन्सड फन्ड टु, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम टु, सिद्धार्थ इक्वीटी फन्ड , सिटिजन म्युचुअल फन्ड टु, सानिमा इक्वीटी फन्ड, प्रभु सेलेक्ट फन्ड,एनआईबीएल प्रगति फन्ड, एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल वान रहेका छन् ।