काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३.७५% बोनस सेयर र ६.८०% नगद गरी (कर सहित) कुल १०.५५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।