काठमाडौं । नेप्से सूचक १.३९ विन्दुले बढेर १८५३.४८ अंकमा आएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २८४ कम्पनीको ३३ लाख १९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ७ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित हिमालयन डिष्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।