Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी ,बजारमा पुनः चिनीको हाहाकार 


नया सडक

२०८०, मंसिर १९ मंगलबार (From Archieve)

  • 675
    Shares

  • मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी ,बजारमा पुनः चिनीको हाहाकार 

    काठमाडौं । मूल्यमा  कुरा  नमिलेका  कारण  भारतबाट  खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी  आयातको  अनुमति  पाएको  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनीले  सहुलियतको  चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०र१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना  बनाएर  सो  चिनी  नेपाल  आयात  नगर्दा  अहिले समस्या बल्झिएको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता  गजेन्द्रकुमार  ठाकुरले  भारतबाट  चिनी  तत्काल नल्याउने बताउनुुभयो । चिनीको सिजन सुरु हुँदा पनि भारतमा चिनीको भाउ महँगो रहेकाले तत्काल चिनी ल्याएर बिव्रmी गर्न नसकिने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार भारतमा अहिले प्रतिकेजी ४८ रुपियाँ आइसी छ ।

    “त्यो चिनी खरिद गरी  भन्सार  तिरेर  नेपाल  ल्याउँदा  उपभोक्ताले  प्रतिकेजी एक सयभन्दा माथि तिर्नुपर्छ । भारतबाट ल्याउने  भनेको  चिनी  अहिले  तत्काल  नआउने  लगभग निश्चित भएको छ । आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि चिनीको भाउ स्वतः घट्दै जान्छ,” उनले थप्नुुभयो ।

    गएको भदौदेखि हुँदै आएको चिनीको अभाव झनै  चुलिएको  छ  ।  साल्ट  टे«डिङ  कर्पोरेसनले  आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ११७ रुपियाँमा प्रत्येक उपभोक्तालाई दुुई केजीका दरले बिक्री गर्दै आएको छ ।

    बजारमा चिनी फाट्टफुट्ट रूपमा पाइए पनि एक केजी १२५ रुपियाँमा किन्नुपर्छ । सरकारले चिनीको आपूर्ति व्यवस्थामा ध्यान दिएर प्रभावकारी हस्तक्षेप  नगर्दा  उपभोक्ता  अभावको  मारमा  परेका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

    प्रतिक्रिया दिनुहोस