Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

राजस्व अनुसन्धान विभागद्वारा आधा दर्जन कम्पनीमा छापा, क्यानभास वाइन एन्ड कम्पनीको अनुसन्धान कहाँ पुग्यो ?


नया सडक

२०८०, पुस १९ बिहीबार (From Archieve)

  • 13.8k
    Shares

  • राजस्व अनुसन्धान विभागद्वारा आधा दर्जन कम्पनीमा छापा, क्यानभास वाइन एन्ड कम्पनीको अनुसन्धान कहाँ पुग्यो ?

    काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न आधा दर्जन कम्पनीहरूमा छापा मारेको छ । राजस्व चुहावट / छलीको आशंकामा  भिन्न भिन्न  सेक्टरका आधा दर्जन कम्पनीहरूमा विभागले छापा मारेको हो ।

    images

    विभागले राजस्व छलीको आशंकामा  डाइट नेपाल प्रालि , संकटा वाइन एन्ड बेभरेज प्रालि, वीरगञ्जको आर.के. एन्ड सन्स सुन चाँदी पसल र  काठमाडौैको नयाँ सडक इन्द्रचोक क्षेत्रका तीनवटा कपडा पसललगायतमा छापा मारेको स्रोतले बताएको छ ।

    विभागले डाइट नेपाल र संकटा वाइन एन्ड बेभरेज (क्यानभास वाइन)मा पुसको पहिलो साता छापा मारेको थियो  भने वीरगञ्जको आ.के. एन्ड सन्स सुन चाँदी पसल र काठमाडौंको एक कपडा पसलमा हिजो (बुधबार) छापा मारेको थियो ।

    यसैगरी विभागले नयाँ सडक इन्द्रचोक क्षेत्रका केही कपडा पसलहरूमा एक हप्ता अगाडि छापामारी कागजात नियन्त्रणमा लिएको थियो ।

    कहाँ पुग्यो संकटा वाइन एन्ड बेभरेज (क्यानभास वाइन)को अनुसन्धान ?

    राजस्व अनुसन्धान विभागले पुसको पहिलो हप्ता क्यानभास वाइनको उत्पादक कम्पनी संकटा वाइन एन्ड बेभरेजमा छापा हान्यो । विभागले ठूलो मात्रामा राजस्व छली गरेको आशंकामा सो कम्पनीमा छापा मारेको स्रोतले बतायो ।

    स्रोतका अनुसार उक्त कम्पनीको राजस्व छलीसम्बन्धी अनुसन्धान सूक्ष्मढङ्गले भइरहेको र सो कम्पनीको स्टकमा गडबडी भएको देखिएको छ । 

    यद्यपि संकटा वाइन एन्ड बेभरेजका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले नयाँ सडकसँगको कुराकानीमा राजस्व अनुसन्धान विभागका कर्मचारी आएको तर आफ्नो कम्पनीले कुनै राजस्व नछलेकोले विभागले गर्ने कारबाही सकिएको बताए ।

    संकटा वाइन एन्ड बेभरेजले स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर वाइन उत्पादन गर्ने गरेको भनेको छ । तर वाइन उत्पादन गर्नका लागि स्वदेशमा अंगुर र स्याउलगायतका कच्चा पदार्थको पर्याप्त उत्पादन भएको छ कि छैन? कम्पनीसँग आफ्नो फलफुल उत्पादन केन्द्र छ कि छैन् ? यस्ता अन्तरसम्बन्धित अनुत्तरित प्रश्नहरूको विषयमा विभागले सूक्ष्मढङ्गले अनुसन्धान गर्छ कि गर्दैन् ? 

    विभागले उक्त कम्पनीले कहाँ कहाँ र कुन कुन शीर्षकमा राजस्व छली र चुहावट गरेको छ सूक्ष्मढङ्गले अनुसन्धान गर्छ कि ?संकटा वाइन एन्ड बेभरेजका प्रमुख कार्यकारी कार्कीले भनेजस्तै कारबाही सकिएको हो ?

    प्रतिक्रिया दिनुहोस