Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लक्ष्मी सन्‌राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 906
    Shares

  • लक्ष्मी सन्‌राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै

    काठमाडौं ।  लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा OrangeNXT को थालनी गरेको छ ।F1Soft अन्तर्गतकोFoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ । OrangeNXTले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता,Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ । लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत, अजय विक्रम शाहका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्छ ।

    परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा
    तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ । foneNXT का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस foneNXT ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने वहाँको विश्वास रहेको छ । यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्टFinTech दक्षताको माध्यमबाट OrangeNXT को सेवालाई थप उचाई दिने foneNXT को रणनैतिक सहभागिताको लक्ष्मी सन्‌राइज सह्रहना गर्दछ ।

    प्रतिक्रिया दिनुहोस