Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल पेमेन्ट सोल्युशनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 768
    Shares

  • नेपाल पेमेन्ट सोल्युशनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं ।  नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।   कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो । 

    प्रतिक्रिया दिनुहोस