काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बाराहीले १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।