Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 654
    Shares

  • सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

    किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

    आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

    आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस