Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

दोस्रो त्रैमाससम्म बाराही हाइड्रोपावर १२ लाखभन्दा बढी नोक्सानीमा


नया सडक

२०८०, माघ १५ सोमबार

  • 672
    Shares

  • दोस्रो त्रैमाससम्म बाराही हाइड्रोपावर १२ लाखभन्दा बढी नोक्सानीमा

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ लाख ३० हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

    गत वर्षको यसै अवधिसम्म ५५ लाख ६८ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी कम गरेको हो । यस वर्ष कम्पनीकोे वित्तीय खर्च कम भएसँगै नाफामा प्रभाव परेको हो । गत वर्ष १ करोड ४० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड २१ लाख रुपैयाँभन्दा बढी मात्र वित्तीय खर्च गरेको हो ।

    कम्पनी विद्युत विक्रीबाट यस वर्ष गत वर्षभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गत वर्ष २ करोड रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड १० लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस