Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस नै ९१२ रुपैयाँ हुने


नया सडक

२०८०, माघ १५ सोमबार

  • 972
    Shares

  • रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस नै ९१२ रुपैयाँ हुने

    काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत माघ १० गतेदेखि निष्कासन खुला गरेको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा खोलिएको बोलकबोल पत्रहरूका अनुसार उक्त मूल्य हुने भएको हो।

    कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको छ। जसमा ९ सय १२ रुपैयाँमा नै आवेदन दिने प्रारम्भिक नतिजामा देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो।

    प्रतिक्रिया दिनुहोस