Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

स्थानीय तहमा हुने गरेका अनवाश्यक तथा अनुत्पादक नियुक्ति रोक्न अख्तियारको परिपत्र


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 504
    Shares

  • स्थानीय तहमा हुने गरेका अनवाश्यक तथा अनुत्पादक नियुक्ति  रोक्न अख्तियारको परिपत्र

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति नगर्न नगराउन भनी  सर्कुलर जारी गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो ।

    प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यक नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकारहरू नियुक्ति भइआएका छन् ।

    आयोगले यस्तो गुनासो उपर कदम चाल्दै यस्तो सर्कुलर जारी ती  नियुक्ति रोक्न सुझाव दिएको हो । आयोगले परिपत्रमा  भनिएको छ  “  अनुत्पादक र अनावश्यक पदहरू नहुने सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशहरूलाई र स्थानीय तहबाट गरिने उल्लिखित प्रकृतिका नियुक्तिहरू प्रदेशको प्रचलित कानुन विपरीत हुनेगरी नगर्न नगराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरूमा सुझाव लेख्ने । ” 

    प्रतिक्रिया दिनुहोस