काठमाडौं । बाँसबारीको छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरूण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।
बिहीबार बेलुकी चौधरी र थापालाई महाराजगञ्जस्थित चिरायु अस्पतालमा लगिएको थियो । उनीहरू बिहीबारको रात सोहि अस्पतालमा राखिएको थियो । अस्पतालले उनीहरूलाई रिफर गरेकाले ग्राण्डी अस्पतालमा सारिएको बताइएको छ ।