Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रामग्राम स्तूप निर्माणसम्बन्धी परियोजना खारेज गर्न माग


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 735
    Shares

  • रामग्राम स्तूप निर्माणसम्बन्धी परियोजना खारेज गर्न माग

     

    काठमाडौँ ।  धर्मोदय सभाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक रामग्राम स्तूपको निर्माण एवं उत्खनन् कार्य गर्न एक निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिने भनी तयार पारिएको परियोजना र विदेशी संस्थासँग गरिएको भनिएको समझदारीपत्र तत्काल खारेज गर्न माग गरेको छ । 

     

    सभाले आज विज्ञप्ति प्रकाशन गरी उक्त समझदारीपत्र नेपाल सरकार, अर्थ मन्त्रालय र पुरातत्व विभागले विधिसम्मत छैन भनिसकेकाले उक्त परियोजना रद्द गरी विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी नेपाल सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन् कार्य अघि बढाउन आग्रह गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस