Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

युनिक नेपाल लघुवित्तको नाफा ११८.८२ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 633
    Shares

  • युनिक नेपाल लघुवित्तको नाफा ११८.८२ प्रतिशतले बढ्यो

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११८ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ करोड ५१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ३२ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो  । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.१ करोड ९९ लाख रहेकोमा चालू आवमा बढेर रू। ४ करोड ५९ लाख पुगेको छ । 

    नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७३ पैसा रहेकोमा चालू आवमा बढेर २२ रुपैयाँ ३६ पैसा पुगेको छ । त्यस्तै दोस्रो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९ दशमलव ९५ गुणा,तरलता अनुपात ९ दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ ३ सय २५ रुपैयाँ ६४ पैसा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस