Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 699
    Shares

  • भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट

     

    काठमाडौँ ।  भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको छ ।

     

    अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूताबासले जनाएको छ ।  

     

    सो भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।

     

    भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो । रासस

     

    प्रतिक्रिया दिनुहोस