काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण सेयरमध्ये ३४ लाख ९० हजार कित्ता ज्योति क्यापिटलले प्रत्याभूति गर्ने भएको छ । बिहीबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
कालंगा हाइड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाइड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।