काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले बढेको छ । यससँगै सूचक २०६७.४७ अंकमा आएको छ । ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।