Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा ६२.९३ प्रतिशत बढ्यो


नया सडक

२०८०, माघ २२ सोमबार

  • 735
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा ६२.९३ प्रतिशत बढ्यो

     काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा बढेको छ । यसअवधिमा नाफा ६२.९३ पैतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । 
    यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।  खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो । कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा  पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस