Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

केपी ओलीलाई गाली गरेर जनता जोखिममा पार्ने अधिकार बालेनलाई हुन्छ र ?


नया सडक

२०८०, माघ २२ सोमबार

  • 627
    Shares

  • केपी ओलीलाई गाली गरेर जनता जोखिममा पार्ने अधिकार बालेनलाई हुन्छ र ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केपी ओलीलगायतका नेताहरूलाई गाली गर्दैमा मेयर साहले जनतालाई जोखिममा पार्ने अधिकार प्राप्त हुने भनी स्थानीयहरूले प्रश्न गरिरहेका छन् ।शहरी विकास मन्त्रालयले सुन्धारा भवनको भूमिगत पार्किङका बारेमा उठाएको प्रश्नबारे न्यूरोड खिचापोखरी क्षेत्रका बासिन्दाहरूले यस्तो बताइरहेका हुन् ।महानगरका मेयर बालेनले सुन्धारा पार्किङ  रोक्न पठाएको मन्त्रालयको पत्रबारे जनाएको प्रतिक्रियामा सो पत्र ओलीलाई पठाउन भनेका छन् । 

    बालेनले आफ्नो फेसबुक पोस्टमा  भनेका छन् “ २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट “ सेतो टावर “ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौँका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, “आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे “ । तर केहीदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ’धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ उद्घाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ’नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उद्घाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथी रजाइ गर्ने मनसाय देखिएको छ  । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौ ।”

    बालेनले न्यूरोड क्षेत्रका स्थानीयबासिन्दा तथा व्यापारीहरूको संयुक्त संघर्षले उत्पन्न विवादलाई समाधान गर्न सुन्धारा भूमिगत पार्किङलाई निशुल्क सेवा उपलब्ध गराए ।तर शहरी विकास मन्त्रालयले उठाएका सवालहरूबारे विचार नगरी बालेनले पनि ओलीले गरेको उद्घाटन जस्तै गल्ती गरेको ठहरिँदैन् र ? भनी उनीहरूले प्रश्न तेस्याइरहेका छन् । केपी ओलीलाई गाली गरेर जनता जोखिममा पार्ने अधिकार मेयर बालेनलाई हुन्छ र ?
    मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी  निर्माण व्यवसायी र मन्त्रालयसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै ध्यानाकर्षण भएको जनायो ।

    साथै भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले सो पत्रमा जनाएको छ ।भूमिगत पार्किङ सञ्चालन गर्न आवश्यक पर्ने भेन्टिेलेसन सिस्टम, फायरफाइटिङ सिस्टम, विद्युत् जडानको काम र सीसीटीभी जडान नभएकाले सुरक्षा जोखिम रहेको  मन्त्रालयले जनाएको हो ।कदाचित मन्त्रालयले उठाएको प्रश्न अनुसार भूमिगत पार्किङमा जनता जोखिममा परे जिम्मेवार को हुने सवाल पनि उनीहरूको रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस