Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न ४०अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 942
    Shares

  • नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न ४०अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४०अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मंगलबार माघ २३ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस