Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

स्वाबलम्बन लघुवित्तको  खुद नाफा घट्यो 


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 627
    Shares

  • स्वाबलम्बन लघुवित्तको  खुद नाफा घट्यो 

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेपछि इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य घट्न पुगेको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.१६ प्रतिशत घटेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत र सञ्चालन मुनाफा ८२.७० प्रतिशत घटेको छ।

    लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ४.२६ प्रतिशतविन्दु बढेर ११.३६ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज ९ करोडबाट बढेर २९ करोड २५ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७ करोड ६१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ५१ पैसा रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस