Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आफ्नै नागरिकतामा मिति हेरफेर गर्ने पाण्डेलाई संघीय संसदको महासचिव नियुक्ति


नया सडक

२०८०, माघ २४ बुधबार

  • 852
    Shares

  • आफ्नै नागरिकतामा मिति हेरफेर गर्ने पाण्डेलाई संघीय संसदको महासचिव नियुक्ति

    काठमाडौं । आफ्नै नागरिकतामा मिति हेरफेर गर्ने पद्मप्रसाद पाण्डेयलाई  संघीय संसदको महासचिवमा नियुक्ति गरिएको छ । संसदीय समितिको सुनुवाईको प्रक्रिया टुंगिन अघि नै उनलाई महासचिव पदमा नियुक्त गरिएको हो ।प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका पाण्डेयलाई राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरे ।

    गत मंसिर २५ गते सिफारिस भएका पाण्डेय करिब दुई  महिनामा संसद्को महासचिव नियुक्त भएका हुन्। महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई सिफारिस गरिएको थियो।संविधानको धारा १०६ को उपधारा १ बमोजिम पाण्डेयलाई प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए।

    पाण्डेयले तीन पटक फरक फरक नम्बरको नागरिकता लिएको र दुई वटा राहदानी बनाएको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन चलिरहेको थियो । तर छानबिन पुरा नहुँदै आश्चर्यजनक ढंगले नियुक्ति दिलाइएको हो । 

    पाल्पाको रिब्दीकोट गाउँपालिका–१ का पाण्डेय आज मंगलबारदेखि लागू हुने गरी पदमा नियुक्त भएका हुन्।

    प्रतिक्रिया दिनुहोस