Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 588
    Shares

  • सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

     काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्वन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज शुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । 
    विश्वमा सूचना प्रविधिको विकासले तिव्र फड्को  मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उहाँले भन्नुभयो, ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’
    सूचना प्रविधि सम्वन्धी अन्तराष्ट्रिय  ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले जोड दिनुभयो  । अन्तराष्ट्रिय आइटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्सहरु बिक्री माफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्व रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गर्नुभयो ।
    मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  सूचना तथा संचार एवं प्रविधिका नयाँ नयाँ साधनहरुलाई  आमजनताको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस