Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारको निर्णय


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 642
    Shares

  • राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई ३ दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस