Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल रिपब्लिक मिडिया दोस्रो त्रैमाससम्म करिब ४३ लाख नोक्सानीमा


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 636
    Shares

  • नेपाल रिपब्लिक मिडिया दोस्रो त्रैमाससम्म करिब ४३ लाख नोक्सानीमा

    काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक उक्त वित्तीय विवरण अनुसार कम्पनी ४२ लाख ६४ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको छ ।गत वर्ष यस अवधिसम्म ३ करोड ९३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको अ ाम्दानी करिब ४५ प्रतिशत घटेको छ । गत वर्ष १५ करोड ७९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ८ करोड ७० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । यस वर्ष वित्तीय खर्च ३९ प्रतिशतभन्दा बढीले घटेको छ ।

    गत वर्ष २ करोड ९१ लाख रूपैयाँभनदा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ७६ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रूपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस