Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

जीवन विकास लघुवित्तको  खुद नाफा ३२.८७ प्रतिशतले घट्यो


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 777
    Shares

  • जीवन विकास लघुवित्तको  खुद नाफा ३२.८७ प्रतिशतले घट्यो

    काठमाडौं । जीवन विकास लघुवित्तको खुद नाफा ३२.८७ प्रतिशतले घटेर १७ करोड ७७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ ।खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ४५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.८७ प्रतिशतले घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसाले घटेर १३ रुपैयाँ १९ पैसामा सीमित भएको छ ।

    प्रतिक्रिया दिनुहोस