Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बलेफी हाइड्रोपावरले ४९ करोड ४७ लाखको विद्युत बिक्री गर्यो


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 633
    Shares

  • बलेफी हाइड्रोपावरले ४९ करोड ४७ लाखको विद्युत बिक्री गर्यो

    काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १६ करोड ७२ लाख ८६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको पुसमा यो कम्पनी १० करोड २६ लाख २० हजार रुपैयाँ नोक्सानीमा थियो । कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको पुसमा उक्त आम्दानी १५ करोड ७६ लाख रुपैयाँ थियो । यसको वित्तीय खर्च ११ करोड ४२ लाखबाट बढेर ४० करोड ३४ लाख रुपैयाँ पुगेको छ । जसकारण कम्पनीले घाटा व्यहोरेको हो ।  बलेफीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसको  जगेडा कोष ६० करोड २९ लाख रुपैयाँ ऋणात्मक छ ।

    प्रतिक्रिया दिनुहोस