काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी ४६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४१ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।नोक्सानी व्यवस्थापबाट ८ करोड २३ लाख फिर्ता भएको छ । जसकारण संस्थाको नाफामा सुधार आएको हो । यसको सञ्चालन नाफा ६ करोड ३३ लाख रुपैयाँ छ । यस लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जम्मा रहेको छ ।