काठमाडौं । आज नेप्से १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा आएको छ । यस दिन ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहको सूचक मात्र बढेको छ । यस दिन ३०५ कम्पनीको १ करोड ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्स्ुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिष्टिलरी परेका छन् ।