Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एमालेका महासचिव पोखरेल गम्भीर दुर्घटनाबाट जोगिएर राजधानीमा


नया सडक

२०८०, माघ २८ आइतबार

  • 438
    Shares

  • एमालेका महासचिव पोखरेल गम्भीर दुर्घटनाबाट जोगिएर राजधानीमा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेल गम्भीर सडक दुर्घटनाबाट जोगिएका छन् ।

    एमाले दैलेख जिल्ला अधिवेशन उद्घाटन गर्न हिँडेका महासचिव पोखरेल सवार स्कार्पियो दैलेखको डुङ्गेश्वर गाउँपालिका १ को मटेला नजिक शनिबार दुर्घटनामा परेको हो ।


    पोखरेल सवार भे १ च ३६९ नम्बरको स्कार्पियो जिप साँघुरो सडकका कारण दुर्घटनामा प¥यो ।

    दिउँसो करिब ३ बजेको समयमा सुर्खेतबाट दैलेख सदरमुकाम हिँडेका पोखरेलसहित गाडीमा एमाले प्रदेश कमिटी उपसचिव पद्मा खड्का, संघीय सांसद दिपा शर्मालगायत पाँच जना सवार थिए ।

    उनीहरूलाई सामान्य चोट लागेको छ । महासचिव पोखरेल, जिल्ला अधिवेशन उदघाटन गरी आइतबार काठमाडौं फर्किसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस