Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन रिइन्सुरेन्सले  ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने 


नया सडक

२०८०, माघ २८ आइतबार

  • 723
    Shares

  • हिमालयन रिइन्सुरेन्सले  ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने 

    काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । 

    प्रतिक्रिया दिनुहोस