Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ


नया सडक

२०८०, माघ २८ आइतबार

  • 732
    Shares

  • बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ

     

    काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

     

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

     

    ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

     

    प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’   फर्जी कम्पनीकाृ कागजात बनाएर कर्जा लिएको खुलेको हो । उक्त मुद्दामा विसं २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाएको थियो । थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस