Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार


नया सडक

२०८०, माघ २८ आइतबार

  • 726
    Shares

  • कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार

     

    काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ ।

     

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हँुदैछ ।

     

           पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट  ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको उहाँले बताउनुभयोे ।

     

           महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् । रासस

    प्रतिक्रिया दिनुहोस