Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २८ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ २८ आइतबार

  • 753
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २८ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २८ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    धौलागिरी लघुवित्त ४ करोड १४ लाख  नोक्सानमा 

    काठमाडौं ।   धौलागिरी लघुवित्त ४ करोड १४ लाख ८३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।खुद ब्याज आम्दानी ५३.७७ प्रतिशतले घटेर २ करोड ९ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ५२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यसअवधिमा ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ ।पुस मसान्तसम्म आइपुग्दा धौलागिरी लघुवित्तको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।

    हिमालयन रिइन्सुरेन्सले  ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने 

    काठमाडौं ।  हिमालयन रिइन्सुरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    नेपाल पुनर्बिमा कम्पनीले २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

    काठमाडौं ।  आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर (फागुन ८ गते) देखि बिक्री खुला गर्ने भएको छ । यसमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

    यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    एसियन हाइड्रोपावर २ करोड  २९ लाख नोक्सानमा 

    काठमाडौं । एसियन हाइड्रोपावरले २ करोड २९ लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन आम्दानी घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।विद्युत् बिक्रीबाट हुने आम्दानी १८.१२ प्रतिशतले घटेर ७ करोड ७९ लाख २६ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा विद्युत् बिक्रीबाट ९ करोड ५१ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.८७ प्रतिशतले घटेर ३ करोड ४८ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा एसियन हाइड्रोपावरको चुक्ता पुँजी ३४ करोड रुपैयाँ र जगेडा कोषमा १ करोड ९० लाख ८६ हजार रुपैयाँ छ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाफा ३६.१० प्रतिशतले बढ्यो

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ३६.१० प्रतिशतले बढेर १७ करोड ६४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।  खुद बिमा शुल्क आर्जन बढेसँगै यस कम्पनीको खुद नाफा बढेको हो ।खुद बिमा शुल्क आर्जन १०२.३८ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ८५ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस इन्सुरेन्सले ९८ करोड ७५ लाख १७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १०९.७२ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९२ पैसा छ ।

    शेयर बजार :  १०.५० अंकले घटेर नेप्से २०८५.८२ विन्दुमा ,  ४ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा आएको छ । यस दिन ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहको सूचक मात्र बढेको छ ।  यस दिन ३०५ कम्पनीको १ करोड ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६२ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्स्ुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिष्टिलरी परेका छन् ।

    सिटी होटलको नोक्सानी घट्यो

    काठमाडौं ।  सिटी होटलले ११ करोड ७९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा नोक्सानी घटेको हो ।सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी १४.६१ प्रतिशतले बढेर २४ करोड ३० लाख ४६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २१ करोड २० लाख ६९ हजार रुपैयाँ सञ्चान आम्दानी गरेको थियो ।पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा छ । चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ ।

    बुटवल पावर कम्पनीको खुद नाफा  २२.०४ प्रतिशतले घट्यो

    काठमाडौं ।  बुटवल पावर कम्पनीको खुद नाफा घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ८७ लाख १८ हजार रुपैयाँको तुलनामा २२.०४% ले घटेको हो । विद्युत बिक्रीबाट हुने आम्दानी ४.०८% ले घटेर ४१ करोड ३९ लाख ३७ हजार रुपैयाँमा आएको छ ।यता, अन्य आम्दानी पनि ४.०१% ले घटेर ५ करोड ७७ लाख रुपैयाँ कायम भएको छ भने वित्तीय आम्दानी पनि ५२.७४% ले घटेर २ करोड ७० लाख रुपैयाँमा सीमित भएपछि खुद नाफा प्रभावित बनेको हो । हाल सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६३ करोड ८५ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

    नेसनल लघुवित्तको नाफा ३५.५४ प्रतिशतले घट्यो

    काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३५.५४% ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४१ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।  यसको खुद ब्याज आम्दानी सुधार भएपनि इम्पेयरमेन्ट चार्ज र कर्मचारी खर्चमा भारी वृद्धि भएपछि नाफा प्रभावित बनेको हो ।खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ९.३३% ले बढेर ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यता, इम्पेयरमेन्ट चार्ज ४२ लाख रुपैयाँबाट बढेर ३ करोड ९० लाख रुपैयाँ पुगेको छ । साथै, कर्मचारी खर्च पनि ६०.९०% ले बढेर २३ करोड ५५ लाख ५२ हजार रुपैयाँ पुगेपछि खुद नाफामा गिरावट आएको हो ।नेसनल लघुवित्तको सेयर पुँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब २६ करोड ४३ लाख ९२ हजार रुपैयाँ छ ।

    महुली लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

    काठमाडौं ।  महुली लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।  सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नाफा ९६.४८ प्रतिशत बढ्यो

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।यसअवधिमा खुद बिमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।  खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।यसअवधिमा खुद बिमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।

    हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै 

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको  हो ।

    सो हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन २० गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
    सो सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

    हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आम्दानी ४० प्रतिशतले घट्यो 

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आम्दानी घटेको देखिएको छ । गत वर्षको तुलनामा कम्पनीको आम्दानी ४८.३५ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो।

    पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस)५१ पैसा ऋणात्मक छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५९ लाख रुपैयाँ नोक्सानी देखिएको छ।
    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेर ३ करोड ९९ लाख २८ हजार रुपैयाँमा पुगेको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

    बीमा कम्पनीहरूले नेपाल वित्तीय प्रतिवेदन मान तोकिएकै समयमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइयो 

    काठमाडौं । बीमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) तोकिएको समयमै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याइएको छ ।नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँगको समन्वयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो आग्रह गरेका हुन् ।

    काठमाडौँ जिल्ला अदालतको आदेशमा नकली मदिरा बनाउने मामा भान्जा जेल चलान

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई थुनामा पठाउन आदेश गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरिएको हो । 

    काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेको थियो । कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् ।

    कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन् ।

    विस्थापनमा परेका फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलित

    काठमाडौंं । फुटपाथ व्यवसायीको उचित व्यवस्थापनलगायतका माग राखी २०७९ को वैशाखमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर मेयर बनेका बालेनको कार्यकालमा सडकपेटीका व्यवसायीको विस्थापन भएको छ । सञ्चार माध्यममा अन्तर्वार्ता दिने क्रममा  निश्चित स्थान तोकेर, समय तोकेर व्यवस्थापन गर्न सकिने बताएका बालेनले विस्थापन गरेकोमा सडकपेटीका व्यवसायीहरूले आक्रोश पोखी प्रदर्शनमा उत्रेका हुन् ।

    काठमाडौं महानगरपालिकाले गरेको व्यवहारबाट फुटपाथ व्यवसायीको समस्या समाधान हुन नसक्ने देखिएको छ । समस्या समाधान गर्न  गठित समितिमा काठमाडौं महानगरका तर्फबाट एक वडाध्यक्ष, एक नगर प्रहरी अधिकारी र कानुन विभागबाट तीन, ट्राफिक प्रहरी कार्यालयका एक प्रतिनिधि, सडक विभागका एक प्रतिनिधि, सहरी विकास मन्त्रालयका एक प्रतिनिधि र ईःका तर्फबाट कानुन व्यवसायी सुदन मुल्मी र फुटपाथ व्यवसायी कुमार सापकोटा थिए ।

    छ महिनामा १० लाख ५२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

    काठमाडौँ ।  ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ । 

     

    प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

    बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

     

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

     

    ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

    भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् । आयोगको ३३औं  स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।प्रधानमन्त्री दाहालले भने,“माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।” सुशासन प्रवर्द्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे ।

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस