Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढ्यो


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 723
    Shares

  • सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढ्यो

    काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ ।  यसअवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन १६४।०६ प्रतिशतले बढेर ७९ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।  लगानी तथा कर्जाबाट हुने आम्दानी १०६.९३ प्रतिशतले बढेर ३५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष २३ रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ७२ पैसा  कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस