Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे   निष्कर्ष पेस गरिने


नया सडक

२०८०, फागुन २ बुधबार

  • 675
    Shares

  • विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजे   निष्कर्ष पेस गरिने

     

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । 

     

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । 

     

    मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछभने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् । रासस

     

    प्रतिक्रिया दिनुहोस