Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रचण्डलाई प्रधानमन्त्री पद त्यागेर वृहत कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्ने प्रचार विभाग सहइन्चार्ज महेश्वर दाहालको सुझाव


नया सडक

२०८०, फागुन २ बुधबार

  • 750
    Shares

  • प्रचण्डलाई प्रधानमन्त्री पद त्यागेर वृहत कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्ने प्रचार विभाग सहइन्चार्ज महेश्वर दाहालको सुझाव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पद त्यागेर वृहत कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्ने सल्लाह पोलिटब्युरो सदस्य तथा प्रचार विभाग सहइन्चार्ज महेश्वर दाहाले पार्टीमा प्रस्ताव गरेका छन् । सहइन्चार्ज  दाहालले पार्टी अध्यक्ष  प्रचण्डलाई प्रधानमन्त्री त्यागेर अरु नेतालाई अगाडि बढाउन सुझाव दिएका छन् ।

    राजधानीमा जारी विधान महाधिवेशनमा नेता दाहालले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएकाले अध्यक्ष प्रचण्डले नयाँ पहलकदमी लिनुपर्ने सुझाव पेश गरे । समूह नम्बर ९ मा रहेका दाहालले सात बुँदे प्रस्ताव पेश गर्दै फराकिलो कम्युनिष्ट अन्तर्राष्ट्रिय निर्माणको पहल लिनुपर्ने सुझाव दिए ।

    उनका अनुसार  अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला छ, यतिबेला । फराकिलो कम्युनिस्ट अन्तर्राष्टिय बनाउनु पर्छ । नयाँ, विकसित रिम बनाउनु पर्छ । यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काइसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनुपर्छ ।उनको सात बुँदे प्रस्तावमा एकपटक मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ अनुहार सरकारमा पठाउनुपर्ने विकल्प दिइएको छ ।

    उनले नेकपा एमालेसहितका सबै वामशक्ति र व्यक्तिहरुसँग एकताको पहल बढाउनुपर्ने सुझाव राखेका छन् । विगतमा हामीले प्रधानमन्त्रीको आलोपालो गर्नेगरी एकता गर्‍यौं । त्यसरी हुँदैन, समाजवादी कार्यदिशा सफल बनाउने कार्यक्रम सहित अगाडि बढ्नुपर्छ । त्यसको पहलकदमी माओवादीले लिनुपर्ने उनको मत छ ।

    प्रतिक्रिया दिनुहोस