काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ।
पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका एक नेताले बताएका छन् ।
विधान अधिवेशनमा माओवादीको प्रस्तावित मस्यौदा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने थियो ।
तर, विधान अधिवेशनका सहभागीहरूले संख्या बढाउने प्रस्ताव गरी पारित गरेका छन् ।
कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।