Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

डेढ दर्जन बढी राजनीतिक दललाई नाम फेर्न निर्वाचन आयोगको निर्णय


नया सडक

२०८०, फागुन ४ शुक्रबार

  • 636
    Shares

  • डेढ दर्जन बढी राजनीतिक दललाई नाम फेर्न निर्वाचन आयोगको निर्णय

     काठमाडौँ ।  निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरू मध्ये १९लाई नाम परिवर्तन गर्नुपर्ने भएको छ ।
    निर्वाचन आयोगले उनीहरूलाई नाम परिवर्तन गर्न निर्देशन दिएको हो  । संविधान र ऐनको मर्मको भावना अनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको जनाइएको छ ।
    फागुन ३ गते बसेको आयोग पदाधिकारीकोको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ । २०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखिको हो ।

    संविधान जारी भएपछि पनि आयोगले दल दर्ताका लागि आह्वान गर्दा आयोगमा दर्ता कायम दलले पुनः दर्ता गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ मा मात्रै यो व्यवस्था आएकोले यस्तो निर्देशन दिइएको भनिएको छ । यसै गरी ४१ दललाई  खारेजीको प्रक्रिया लान लागिएको छ ।
    दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक गरेनन् । आयोगले ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रिया अगाडि बढाउन लागेको छ । खारेजमा परेका दललाई अन्तिम पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने  पदाधिकारी बैठकमा निर्णय भएको छ । 

    नाम परिवर्तन गर्नुपर्ने दलहरूमा , मुस्कान सेना नेपाल पार्टी,चुरे भाभर लोकतान्त्रिक पार्टी, तराई मधेश फोरम, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम मधेश, शिव सेना नेपाल, नेपाल दलित पार्टी,खुम्बुवान राष्ट्रिय मोर्चा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, नेपाल सुकुम््रबासी पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, अखण्ड सुदुरपश्चिम पार्टी नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी,राष्ट्रवादी युवा मोर्चा, आमूलपरिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, किरात खुम्बुवान साझा पार्टी, र तराई मधेश लोकतान्त्रिक पार्टी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस