काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार फागुन ४ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगाले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । यसमा वार्षिक १०%ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।