Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची


नया सडक

२०८०, फागुन ६ आइतबार

  • 573
    Shares

  • प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
     
    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।
     
    राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
     
    आजै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधिसभामा पेस गर्नुहुनेछ ।
     
    प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
     
    त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।रासस

     

    प्रतिक्रिया दिनुहोस