काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटललाई चयन गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्रति कित्ता शेयर मुल्य रु. १०० दरको ३० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईप्ीओ निष्कासन गर्नेछ ।
वि।संं। २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय बिर्तामोड नगरपालिका, चारपाने, झापामा रहेको छ ।
कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सीङलाई प्रोमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।
हाल कम्पनीले जलविद्युत, कृषि पर्यटन, अटोमोवाइल्स, सौर्य उर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।