Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रूखमा पानी हालेर कांग्रेस महासमिति बैठकको उद्घाटन


नया सडक

२०८०, फागुन ७ सोमबार

  • 630
    Shares

  • रूखमा पानी हालेर कांग्रेस महासमिति बैठकको उद्घाटन

    काठमाडौँ । ललितपुरको गोदावरीमा  नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन रूखमा पानी हालेर गरिएको छ ।  गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिन्ह रुखमा पानी हालेर गरेका हुन् । 

    ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

    बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य एकहजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ सहित झन्डै दुई हजार जनाको सहभागिता रहेको कांग्रेसले जानकारी सार्वजनिक गरेको  छ ।

     

    प्रतिक्रिया दिनुहोस