Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ईशनाथपछि  वीरगञ्ज कर्फ्यूमा , हिन्दू मुसलमानबीचको साम्प्रदायिक सद्भाव बिथोलिदै, सरकार मौन बनेकोमा चिन्ता


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 960
    Shares

  • ईशनाथपछि  वीरगञ्ज कर्फ्यूमा , हिन्दू मुसलमानबीचको साम्प्रदायिक सद्भाव बिथोलिदै, सरकार मौन बनेकोमा चिन्ता

    काठमाडौं । हिन्दू मुसलमानबीचको साम्प्रदायिक सद्भाव बिथोलिन सुरु भएको सरकार मौन बनेकोमा चिन्ता व्यक्त गरिएको छ । रौतहटको तनाव वीरगञ्वमा  सरेको घटना पछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यू आदेश जारी गरेको हो ।

    महानगरपालिकामा सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरियो । हिन्दु युवा परिषद्का युवाहरूले सोमबार वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दु युवाहरूबीचको विवाद बढेर जाँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो । 

    वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोक र महानगरको सीमा जोडिएको बारा जिल्लाको सीमासम्म कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी सार्वजनिक गरे ।

    केही दिनअगाडि रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाउँमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । त्यसपछि वीरगन्जमा पनि हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।cdo rautahat.jpg

    बजार बन्द गराउने क्रममा हिन्दु परिषद्का युवाहरूको जुलुसमा मुस्लिम समुदायका व्यक्तिबीच भनाभन हुँदा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

    वीरगन्जको मुख्य चोकहरूमा हिन्दुवादी र मुस्लिमहरू  भेला भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जानकारी दिए । 

    हिन्दुवादीहरूले जुलुस निकाल्दा मुस्लिम समुदायका युवाहरूले हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको उनले बताए ।birgunj1.gif

    घटनाको परिदृश्य पछि शृंखलालाई हेरेर केही पर्यवेक्षकहरूले हिन्दू मुसलमानबीचको सामाजिक सम्प्रदाय बिथोलिने क्रमलाई सरकारले नबुझेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    हिन्दूवादीहरूले जुलुस निकाल्दा जिल्ला प्रशासनसँग अनुमति लिएको अवस्थामा  यस्तो भिडन्तको अवस्था सिर्जना हुनु झन् खतरनाक कुरो हुने उनीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस