Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मन्त्री ज्वाला हटाउने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबाट एकीकृत समाजवादी दबाबमा


नया सडक

२०८०, फागुन ८ मंगलबार

  • 777
    Shares

  • मन्त्री ज्वाला हटाउने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबाट एकीकृत समाजवादी दबाबमा

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीमाथि सरकारमा सहभागी हेरफेरको विषय टुङ्ग्याउने दबाब बढेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टृङ्ग्याउने भनी दिएको अभिव्यक्तिबाट एकीकृत समाजवादीमाथि दबाब बढेको सो पार्टीका एक शीर्ष नेताले बताएका हुन् ।

    मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको र आजै यो विषयमा टुङ्गो लगाउने प्रचण्डले बताएका हुन् ।

    बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ  न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।

    नाम नखुलाउने शर्तमा एकीकृत समाजवादीका ती नेताले पार्टीले गठबन्धन टुटाउने गरी कुनै निर्णय नगर्ने अवस्थामा रहेको छ । नेकपा एमालेले सत्ता गठबन्धन टुटाउन भरमग्दुर प्रयास गरिरहेको छ । तिनका नेता मात्रै नभएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर खालको राजनीतिक अभिव्यक्ति दिन थालेको भन्दै पार्टी नेतृत्व यो सबै बुझिरहेको छ ।
    ती नेताले विद्यादेवी भण्डारीले हिंसा चर्काउनेहरू सत्तामा बसेको टिप्पणी गरेको विषय  राजनीतिकरूपमा आफैमा गम्भीर भएको बताए । एकीकृत समाजवादी एमालेबाट विभाजित भएको पार्टी हो ।

     

    प्रतिक्रिया दिनुहोस