Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बिहीबार सकिने गरी आजदेखि कांग्रेस महासमितिमा प्रस्तुत पाँच प्रतिवेदनहरूमाथि छलफल सुरु गरिने


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 687
    Shares

  • बिहीबार सकिने गरी आजदेखि कांग्रेस महासमितिमा प्रस्तुत पाँच प्रतिवेदनहरूमाथि छलफल सुरु गरिने

    काठमाडौं । । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा बुधबार   पाँच वटा प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए। 

    सोहीगरी महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरे ।
    उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्ने बताए । 

     महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन र आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताए ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीे हल गरी मुलुकलाई समुन्नतिको उचाइमा लाने  भरपर्दो माध्यम भएकोे बताए । उनले एकल बहुमत कसैको नभएको संसद् गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताए ।

    पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने, आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जनाए ।

    त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाए । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन , ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत महासमिति बैठकमा जानकारी दिए । महासमिति बैठकमा मंगलबार  पेस गरिएका प्रतिवेदनहरूमा  बुधबारदेखि छलफल हुने कार्यक्रम छ । बुधबार बिहीबार भित्र छलफल सकिएर निष्कर्षमा पुग्ने अपेक्षा महासमिति सदस्यहरूको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस